|

म्याग्दी : म्याग्दीको मंगला गाउँपालिका २ बाबियाचौरमा घर निर्माणको क्रममा करेण्ट लागेर एक मजदुरको मृत्यु भएको छ।

दोलखा जिल्ला शैलुङ गाउँपालिका ३ निवासी २६ वर्षीय पेमा तामाङको शुक्रवार (आज) बाबियाचौरमा करेण्ट लागेर म्यृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

स्थानीय दिलकुमारी विकको घर निर्माणको क्रममा विहान फलामको रड उठाउने क्रममा खुल्ला विजुलीको तारमा ठोकिँदा तामाङलाई करेण्ट लागेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक सुचना अधिकारी ध्रुबप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार विहान साढे ९ बजेको समयमा करेण्ट लागेर ढलेका तामाङलाई उपचारका लागि बेनी अस्पताल ल्याइएको थियो।

गम्भीर अवस्थाम रहेका तामाङलाई बेनी अस्पतालले मृत घोषणा गरेको प्रनि सूचना अधिकारी शर्माले जानकारी दिए। मृतक तामाङका शव पोष्टमार्टमका लागि शवगृहमा राखिएको छ। मृतकको आफन्तलाई खबर गरेको प्रहरीले जनाएको छ। पोष्ट मार्टमपछि आफन्तलाई शव बुझाइने जनाइएको छ। मृतक तामाङ साउन १५ गतेदेखि दिलकुमारीको घर बनाउने काममा कार्यरत थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.