|

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकाले चौथो संविधान दिवस भव्य रूपमा मनाएको छ। चन्द्रपुर नगरपालिकाका नगरप्रमुख रामचन्द्र चौधरीले आफ्नै कार्यालयमा राष्ट्रिय झण्डा तोलन गरी संविधान दिवस कार्यक्रमको उद्घाटन गरेका थिए।

ठूलो संख्यामा रहेका नगरबासीले चन्द्रपुर नगरपालिका परिक्रमा गरी मुख्य चोकमा कोणसभा गरेका थिए। कोण सभामा बोल्दै नगर प्रमुख चौधरीले संविधानको रक्षा गर्नु र संविधानअनुरूप चल्नु नै आमनेपालीहरूको दायित्व भएको बताए। जनआन्दोलन २०६२/२०६३ को प्राप्त संविधानको संरक्षणको भावनाअनुसार नै काम गर्नसमेत सबैलाई नगर प्रमुख चौधरीले आग्रह गरेका थिए।

कार्यक्रममा नगर उपप्रमुख रामरती चौधरी, इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका शाखा अधिकृत हेमराज फुयाल, चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण सिग्देल, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कबित कटुवाल, वार्ड अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वाड सदस्यहरु, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, पत्रकार, शिक्षक, विद्यार्थी, खेलाडीलगायत नगरबासीको सहभागिता रहेको थियो।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.