|

सुर्खेत : चौथौ संविधिान दिवस कर्णाली प्रदेश सरकारले पन भव्यरूपमा मनाएको छ। कर्णाली प्रदेश प्रमुख, सरकार मुख्यमन्त्री तथा मन्त्रीहरू परिषदका सदस्यहरू, सभामुख, उपसभामुख, न्यायधिस, विपक्षीदलका नेता तथा प्रदेश सांसदहरू,स्थानीय सरकारका जनप्रतिनिधिहरू, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्काउट,उच्चपदस्त सरकारी कर्मचारी लगायत सर्वसाधरणको उपस्थितिमा कर्णाली सरकारले संविधान दिवस मनाएको छ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ अवसरमा प्रदेशको मुल समारोह समितिले प्रभातफेरीको पनि आयोजना गरिएको थियो। नेपाल प्रहरी व्याण्डवाजा, पंचेवाजा, स्थानीय थारू तथा लोपोन्मुख राउटे समुदायको झाँकीसहित र्‍याली निकालिएको थियो।

संविधान दिवसको विषेश सभालाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधान कार्यान्वयन र समृद्धिको जनचाहना पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध भएको बताएका छन्। मुख्यमन्त्री शाहीले संविधान प्रदत्त जनाधिकार पूरा गर्दै समृद्ध कर्णाली निर्माणको अभियानमा प्रदेश सरकार दृढताका साथ लागिपरेको बताए।

मुख्यमन्त्री शाहीले सरकार बनेको डेढ वर्षको अवधिमा अत्यावश्यक कानुन तर्जुमा, प्रदेश सरकारको संगठन संरचना तर्जुमा एवं आवश्यक कार्यालयहरूको स्थापना, योजना आयोगको गठन, आपतकालीन उद्धार तथा राहत वितरण, सबै नागरिकको विपद दुर्घटना बीमालगायतका कामहरू सरकारले गरेको बताए।

प्रशासनिक संरचना, कानुन, जनशक्तिको अभाव तथा अनुभवजन्य कमजोरीका बाबजुद पनि छोटो अवधिमै कर्णाली प्रदेश सरकारले विकास र समृद्धिको जग निर्माण गर्न सरकार सफल भएको मुख्यमन्त्री शाहीको भनाइ छ।

मुख्यमन्त्री शाहीले संघीय शासन प्रणालीको संस्थागत गर्दै संविधानले ग्यारेण्टी गरेका नागरिकका मौलिक हकको कार्यान्वयनको दिशामा अघि बढ्नुमा नै संविधान दिवस मनाउनुको सार्थकता रहेको बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.