|

जनकपुरधाम : तराई मधेसकी महिलाले निष्ठापूर्वक मनाउने महान तथा कठोर पर्व जितिया आजदेखि सुरु भएको छ। पुत्रको दिर्घायु एवं परिवारमा सुःख शान्तिका लागि महिलाहरु जितिया पर्व मनाउने गर्छिन्।

व्रतालु महिलाहरुले आज पोखरी, नदी तलाव जलाशयमा स्नान गरी भिजेकै लुगा लगाएर धिरौलाको पातमा जिमुतवाहन देवतालाई तेल र खरी (पिना) चढाएकी छन्। यस अवसरमा जनकपुरको ऐतिहासिक गंगासागर पोखरीमा स्नान गर्ने ब्रतालु महिलाहरुको घुइाचो लागेको छ। महिलाहरु स्नान पश्चात जिमुतवाहन देवताको पूजाअर्चना गरी पर्वको विधिवत शुरुवात गरेकी छिन्।

व्रतालु महिलाहरुले पर्वको दोस्रो दिन शनिवार एकाविहानै सूर्य उदय अगावै घर आँगनमा च्युरा, दही, सखर, मिठा र अमोट चढाउने चलन छ। चढाएको परिकार पुजापश्चात ब्रतालु महिलाले आफू पनि खाने र आफना स–परिवारलाई समेत खुवाएर विहानैदेखि निराहार व्रत धारण गर्छिन। आज विधिवत शुरु भएको जितियामा ब्रतालु महिलाहरु भोली उपवास बस्ने छिन्।

यस पर्वमा उपवास बस्ने ब्रतालु महिलाहरु थुक समेत निल्ने (घोट्ने) गरेका छैन। त्यसैले यस पर्वलाई कठोर भन्ने चलन छ। उपवास बसेको दिन जितुवाहन देवताको कथा सुनेर दिन विताउने गर्छ। उपवास बसेको विहानपल्ट आईतवार जितिया पर्व समापन हुनेछ। जितिया ब्रत गर्दा पुत्रका आयुमा वृद्धि हुने जनविश्वास पाइन्छ।

पर्वको दोस्रो दिन साँझतिर आँगनलाई गाईको गोबरले लिपपोत गरेर एउटा सानो खाल्डो खनेर पोखरीको निर्माण गरिन्छ। त्यो पोखरीको डिलमा पाकडी रूखको सानो हांगा गाड्नुका साथै हाँगामा माटोको चिलको आकृति बनाउछ र हाँगामुनि स्यालको आकृति बनाउँछ। त्यहाँ जलले भरिएको कलशमा कुशको जिमुतवाहनको मूर्ति राखिन्छ र फलफूल लिएर जिमुतवाहनको व्रतालु महिलाले पूजापाठ गर्छन्। 

ब्रतालु महिलालले अन्तिम दिन (तेस्रो दिन) बिहानै उठेर पोखरी नदीमा गएर स्नान गर्छिन र त्यहि डिमा घिरौलाको पात कचौरामा लगेको तेल लगाई त्यसमाथि हल चढाएर अर्घ दिन्छन। त्यसपछि घर फर्केपछि त्यही तेल आफ्ना सन्तानलाई लगाइदिने चलन रहेको छ। यसपछि सबैलाई दही च्युरा र फलफूल खान दिएर व्रत समापन गरिन्छ।

पण्डित सन्तोष पाण्डेका अनुसार राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएको जनविश्वास छ। सोही कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जितुमाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत शुरु भएको पौराणिक कथन छ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.