|

सिन्धुपाल्चोक : शुक्रबार संविधान जारी भएको चार वर्ष पूरा भयो। लामो कसरतपछि ०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो। संविधान जारी भएको अवसरमा सिन्धुपाल्चोक जिल्लामा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ।

संविधान दिवस तथा राष्ट्रिय दिवस सिन्धुपाल्चोकको चौतारा बजारमा बजार र्‍यालीसहित राष्ट्रिय झण्डाको तोरण गर्दै भव्य रुपमा सम्पन्न भएको छ। संविधान दिवसको अवरसमा आयोजित कार्यक्रममा पूर्वकानुनमन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। संविधान जारी भएको चार वर्षसम्म पनि कार्यान्वयनमा विभिन्न चुनौति आएको भए पनि सबैले आआफ्नो ठाउँबाट संविधान कार्यान्वयनमा जोड दिनुपर्ने बताए।

 

कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष झम्क नेपाल, प्रमुख जिल्ला अधिकारी गोमादेवि चेम्जोङ, जिसस प्रमुख कृष्णगोपाल तामाङ उप्रमुख बालकुमारी सापकोटा, चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख आमान सिं तामाङ, उपप्रमुख जानुका पराजुली, जिल्लाका प्रहरी, सवै सरकारी तथा गैर सरकारी निकाय प्रमुख तथा प्रतिनिधि, स्थानीय सरोकारवालाको सहभागिता थियो। साथै सरकारले संविधान दिवसलाई भव्य रूपमा मनाउँन असोज २, ३ र ४ गते दीपावली गर्न र घर घरमा राष्ट्रिय झण्डा राख्न समेत आग्रह गरेको थियो।

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.