|
फाइल फोटो

सर्लाही : जिल्लाको ईश्वरपुर नगरपालिका–५, सखुवनीमा शुक्रवार दिउँसो ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ। ना३त ५५४३ नम्बरको ट्याक्टरबाट खसेर ईश्वरपुरकै चिरान टोल बस्ने ३० वर्षीया मन्दिरा माझीको घटनास्थलमै मृत्यु भएको हो।

ब्रेक लगाउँदा महिला ट्याक्टरबाट खसेको आशंका गरिए पनि घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ। ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.