|

भद्रपुर : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भ्रष्टाचार र अनियमितता नियन्त्रणका लागि वर्तमान सरकार अख्तियारलाई बलियो बनाउने दिशामा अघि बढिरहेको बताएका छन्।

संविधान दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापा जिल्ला कमिटीले शुक्रवार बिर्तामोडमा आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले अहिले देखिएका भ्रष्टाचारी नयाँ भ्रष्टाचारी नभई पुरानै भ्रष्टाचारी भएकाले त्यसलाई नियन्त्रण गर्न वर्तमान सरकार अख्तियारलाई बलियो बनाउने नीति अघि सारिसकेको छ। जनतालाई दुःख दिने ती भ्रष्टाचारी वर्तमान सरकारले कुनै हालतमा छुट नदिने बताउँदै उनले भने, ‘त्यस्ता व्यक्तिहरूको पहिचान गरी सरकारले निगरानीसमेत अघि बढाइसकेको छ।’

‘देशमा पुनः राजतन्त्र आउने जनमासमा भ्रम छर्ने कार्य भइरहेको छ’, रक्षामन्त्री पोखरेलले अगाडि थपे, ‘देश अहिले लोकतन्त्र र गणतन्त्रमा अघि बढ्दै संविधान जारी गराउने दिशामा अघि बढिरहेकोले राजतन्त्र अब कहिले बिउझिदैन। राजतन्त्र भन्नु नै अहिलेको समयमा कुतर्क हो।’  

‘जनताको चाहना बमोजिम जारी भएको यो संविधान राजाले दिएको संविधान नभई जनताले दिएको संविधान भएकाले यस माथि प्रश्न उठाउने ठाउँ कसैको छैन’, उनले प्रस्टाए ’संविधानमा नै संशोधनको व्यवस्था गरिएकाले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुन्छ।

उनले भने, ‘सङ्घीयतामा देशमा अघि बढ्यो, तर संघीयता भूइमा टेक्न नसकेको छैन, यसलाई भूईमा टेकाउन देशवासी लाग्नु पर्छ।’ देशमा देखिएका समस्याहरू पुराना नीतिले गर्दा निम्त्याएको बताउँदै उनले यो संविधान लागू भएपछि सबै समस्याको हलको अत्यन्त हुँदै गइरहेको बताए। 

त्यस्तै कार्यक्रममा बोल्दै नेकपाका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले अहिलेको देशमा बनेको संविधान अग्रगामी संविधान बनेको बताए। अन्तर्राष्ट्रिय जगतबाट नेपालको कम्युनिस्टमाथि आक्रमणको प्रयास भइरहेको बताउँदै स्थायी कमिटी सदस्य गजुरेलले भने, ‘नेपालको कम्युनिस्ट सरकारलाई विश्वका विभिन्न राष्ट्रले कमजोर बनाउने चलखेल गरिरहेको छ।’

त्यस्तै नेकपाका केन्द्रीय कमिटी सदस्य राम कार्की (पार्थ)ले मुलुकमा उत्कृष्ट संविधान जारी भए पनि संघीयता र समाजवादलाई बुझाउन नसक्दा यसलाई नै एक अर्काको पूरकको रूपमा हेरेको बताए। नेकपा झापाका अध्यक्ष चिन्तन पाठकको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला तथा प्रदेश स्तरका नेताहरूले समेत सम्बोधन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.