|

बारा : चौथो संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा बाराको निजगढमा शुक्रबार साँझ दिपावली गरिएको छ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निजगढ नगर कमिटीको आयोजनमा शहीद चोकस्थित पार्टी कार्यालयअगाडि दीपावली गरिएको हो। नेपालको नक्साभित्र संविधान दिवस २०७६ लेखिएको थियो। नेक्सामाथि नेपालको झण्डा फहराइएको चित्र कोरेर मैनबत्ती बालेर दीपावली गरिएको हो।

दीपावली कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य रवीराज दंगाल, उपमेयर लिलादेवी लामिछाने, नेता एकबहादुर श्रेष्ठ, दिलबहादुर लामा, दुर्गा कोईराला लगायतको सहभागिता रहेको थियो। दीपावली गर्न स्थानीय सर्वसाधारणको समेत सहभागिता रहेको थियो।

वडा–वडामा दिपावली

संविधान दिवसको अवसरमा निजगढ, कोल्हवी, जीतपुरसिमरा लगायतका स्थानीय तहका केन्द्र र वडा कार्यालयमा समेत दीपावली गरिएको छ।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.