|

दमक : संविधान दिवशको अवसर पारेर झापामा दुई जना लोकतान्त्रिक योद्धालाई सम्मान गरिएको छ। झापाको कमल गाउँपालिकाले लोकतन्त्रका विभिन्न कालखण्डमा महत्वपूर्ण योगदान पुर्‍याएबापत झापा कमल गाँउपालिकाका दुईजना पूराना योद्धालाई सम्मान गरेको हो।

कार्यक्रमममा  नेपाली कांग्रेसका पूराना नेता पूर्णानन्द शर्मा र नेकपाका नेता भोजकुमार घिमीरेलाई सम्मान गरिएको थियो। ८१ वर्षीय शर्मा भूमिगतकालमा कांग्रेस झापाको सभापति थिए। यसैगरि, घिमिरे पञ्चायतकालदेखि नै बामपन्थी राजनीतिमा सक्रिय थिए। उनी साविक नेकपा एमालेबाट लखनपुर गाविसमा २ कार्यकाल अध्यक्षमा निर्वाचित भएका व्यक्ति हुन्।

कमल गाउँपालिकाले आयोजना गरेको उक्त सम्मान कार्यक्रममा द्वय योद्धाले प्रजातन्त्र र लोकतन्त्र ल्याउनका निम्ति महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको गाँउपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताइन्। प्रदेश-१ का सांसद अर्जुन राईको प्रमुख आतिथ्यतामा भएको सो सम्मान कार्यक्रममा वक्ताले संविधान निर्माणका लागि जनताले चुनेर पठाएका जनप्रतिनिधिले बनाएको संविधान संसारकै उत्कृष्ठ रहेकाले यसलाई कार्यान्वयन गराउने दायित्व पनि नेकपा र नेपाली कांग्रेसको नै मुख्य भूमिका हुनुपर्ने जोड दिएका थिए।

प्रदेश सांसद राई, नेकपाका केन्द्रीय सदस्य देबेन्द्र दाहाल, कांग्रेसका गाँउपालिका सभापति खगेन्द्र भण्डारी, सम्मानित व्यक्तित्वद्वय घिमिरे, शर्मा, नेकपाका नेता शिव ढुङ्गेल, प्रताप सुब्बालगायतले संविधानको रक्षा गर्न सबै एक जुट हुनुपर्नेमा जोड दिए। यसैगरि संविधान दिवसकै अवसरमा गाँउपालिकाले कमल ५ स्थित पाडाजुंगी चोक क्षेत्रमा वृक्षरोपणसमेत गरेको वडाध्यक्ष डम्बरबहादुर निरौलाले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.