|

भद्रपुर (झापा) : खाल्डोमा जमेको पानीमा पौडी खेल्दा झापामा दुई जना बालकको डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा भोजपुर गुराँसे घर भई हाल कमल गाउँपालिका–४ स्थित हजुरबुबा ज्ञानेन्द्रकुमार तामाङको घरमा बस्दै आएका १४ वर्षीय सुन्दर तामाङ र सोही स्थान बस्ने देवेन्द्र बुढाथोकीको छोरा ११ वर्षीय छोरा क्रेडिड बुढाथोकी रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार उनीहरु कमल गाउँपालिका–४ स्थित भुत्लुङखोलामा निर्माणाधीन कल्भर्टको खाल्डोमा जमेको पानीमा पौडी खेल्न गएका थिए। शुक्रवार दिउँसो घरमा कसैलाई जानकारी नगराई पौडी खेल्न गएका उनीहरु साँझसम्म घर नर्फिएपछि खोज तलास गर्ने क्रममा डुबिरहेको अवस्थामा स्थानीयले मृत फेला पारेका थिए।

घटनाको बारे जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोलीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि अस्पताल पठाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.