खेलकुद

पत्रकारले हराए जनप्रतिनिधिलाई
SHARES

असोज ४, २०७६

    रौतहट : चौथो संविधान दिवसको अवसर पारेर रौतहटको चन्द्रपुर नगरपालिकाले आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेलमा पत्रकारले जनप्रतिनिधिलाई हराएका छन्। रौतहटको चन्द्रपुर नगरपालिकाको आयोजनामा स्वर्गीय शेरबहादुर दर्लामी स्मृति खेल मैदानमा चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र पत्रकार सहितका अन्य संस्थाका प्रतिनिधिबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो।

    खेलमा फुटबल हस्तान्तरण गर्दै चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले यस्तो किसिमको खेलले एक आपसमा सद्भाव बढाउने बताए। खेल हारजितकै लागि हो तर यस खेलले जनप्रतिनिधि, कर्मचारी, पत्रकार, विभिन्न संघ संस्थाबीच एक आपसमा सद्भाव बढाउने काम गरेको नगर प्रमुख चौधरीले बताए। कार्यक्रममा उप प्रमुख रामरती चौधरी लगायत अधिकांश जनप्रतिनिधिको सहभागिता रहेको थियो। प्रतियोगितामा चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी लाई पत्रकारसहितका अन्य संस्थाका प्रतिनिधिले  १०-१ गोलले पराजित गरेको थियो।

    संघसस्थाका तर्फबाट नेपाल कार्कीले ह्याट्रिक गरेका थिए भने मदन तिमल्सिनाले चार गोल गरेका छन। गुञ्जन एफएमका सञ्चारकर्मी उपेन्द्र गोलेले १ गोल गरेका थिए।  संविधान दिवसको अवसरमा २ गते सरसफाइ, ३ गते प्रभावफेरि तथा सडक नाटकसहित सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो भने शनिबार मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]