|
मिसन अस्पतालमा उपचार  गराइरहेकी घाइते छात्रा बिनिता कार्की।

ओखलढुंगा : सिद्धिचरण नगरपालिका वडा नं. २ स्थित हिमालय माध्यमिक विद्यालयका शिक्षक चम्मु फुयलमाथि विद्यार्थी कुटपीट गरेको आरोप अभिभावकले लगाएका छन्। कक्षा ७ मा अध्ययनरत विद्यार्थी विनिता कार्कीलाई कुटपीट गरेको अभिभावकको आरोप छ।

बिनिताका हजुरबुबा दलबहादुर कार्कीले गृहकार्य नगरेको भन्दै शिक्षक फुयालले ०७६ असोज २ गते हातमा लौरोले कुटपीट गरेको आरोप लगाएका छन्। कुटपीटकै कारण आफ्नी नातिनी विनिता कार्की विरामी परि सामुदायिक अस्पताल ओखलढुंगामा उपचार भइरहेको कार्कीले बताए। असोज ३ गते छात्रा कार्कीलाई सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। उनी अपरिचतसँग नबोल्ने र रोइरहने गर्छिन्।

सिर्कनाले कुटेको स्वीकार

विद्यार्थी कुटपीट गरेको विषयमा आरोपित शिक्षक चम्मु फुयालले गृहकार्य नगरेको विषयमा सम्झाउन हातमा एक सिर्किना हिर्काएको बताए। 'उनीसहित अन्य विद्यार्थीहरुलाई पनि मैले त्यसरी सम्झाएको थिएँ, उनी दिनभर विद्यालयमै पढेर घर गएकी हुन्।' घर गएपछि विरामी भएको उनको दाबी छ।

घटनाबारे विद्यालयका प्रधानाध्यपक हरि भट्टराईले आफूकहाँ कुनै गुनासो नभएको बताए। बाहिर सुनेपछि अस्पतालमा पुगेर विद्यार्थीको अवस्थाबारे जानकारी लिएको बताउँदै उहाँले ती विद्यार्थी यस अघिदेखि नै विरामी रहेको बताए। उनी विरामी नै थिइन्, शिक्षकको व्यवहारले मानसिक रुपमा असर चाँही गरेको होला भन्ने उनको भनाइ छ। 

सिद्धिचरण नगरपालिका वडा नं. २ वडा अध्यक्ष कृष्णबहादुर कार्कीले घटनाबारे आफुले अध्ययन गरेपछि मात्रै थप बताउने जानकारी दिए उनले विस्तृत बुझेर जानकारी गराउने बताए।

शिक्षक दोषी भेटिए कारबाही : प्रजिअ

 त्यस्तै गरी संबिवधान दिवसका अवसरमा अस्पतालमा फलफूल बितरणका लागि अस्पताल पुग्नु भएका प्रमख जिल्ला अधिकारी गणेश प्रसाद आचार्यले यदी शिक्षकले कुटेकै  कारण छात्रालाई असर परेको भए शिक्षकमाथि कारवाही गरीन बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.