|
फाइल फोटो

सर्लाही : सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी शनिबार अपरान्ह एक युवकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।

तीव्र गतिमा रहेको बिआर३०यू ४११२ भारतीय नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सदरमुकाम मलंगवा नगरपालिका–३ का स्थानीय २४ वर्षीय अजयकुमार राउतको घटनास्थलमै मृत्यु भएको छ भने सोही ठाँउका मोटरसाइकल चालक २७ वर्षीय राकेश पण्डित गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

घाइते पण्डितको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको छ भने मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतित सिंह राठौरले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.