काठमाडौं : लोकप्रिय गायिका मिलन नेवारको नयाँ गीत ‘देउन मलाई बास...’ को भिडियो सार्वजनिक भएको छ।
डा. राजुबाबु श्रेष्ठको शब्द रहेको मेलोडियस गीतमा राजनराज शिवाकोटीको संगीत रहेको छ। गीतको म्युजिक भिडियोको निर्देशन राजेश पुमा राई र उत्सव दाहलले छायाकंन गरेका हुन्।
सयौं चर्चित गीत दिइसकेकी मिलनको यस गीतको म्युजिक भिडियोमा उनको सोलो अभिनय छ। विकास दाहालले सम्पादन गरेको भिडियो मिलन नेवारको आफ्नै युट्युब च्यानलमा सार्वजनिक भएको छ। ‘मिलन २’ एल्बममा समावेश देउन मलाई बास गीतलाई सञ्जीव बराइलीले एरेञ्ज गरेका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।