|

काठमाडौं : राष्ट्रिय जनता पार्टी राजपा नेपालका केन्द्रिय उपाध्यक्ष राजवंशी चौधरीको निधन भएको छ। 

शनिबार ललितपुरमा आयोजित पार्टीको एक औपचारिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा हृदयघात भएपछि उपचारका क्रममा उनको निधन भएको हो

कार्यक्रमलाई सम्बोधन गर्दै गर्दा हृदयघात भएपछि तत्काल नख्खुस्थित मेडिसिटी अस्पतालमा लगिएको र उपचारका क्रममा चौधरीको मृत्यु भएको  राजपाका महासचिव केशव झाले जानकारी दिए।

चौधरीको दाहसस्कार गृहजिल्ला बारामा गर्ने भएकाले उनको शव बारा लैजाने तयारी भएको झाले जानकारी दिए। ६० वर्षीय चौधरी लामो समयदेखि मुटुको समस्याबाट पिडीत थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.