|

गुल्मी :  सशस्त्र प्रहरीले सचेतना कार्यक्रम लिएर गुल्मीका विद्यालयमा पढाउन सुरु गरेको छ। जिल्लाको रेसुङ्गा नगरपालिका तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयमा सशस्त्र प्रहरीबल गुल्म गुल्मीले लागुऔषध दुब्यसनी तथा विपद् व्यावस्थापन सम्बन्धी सचेतना कार्यक्रम सुरु गरेको हो।

सिद्धबाबा माध्यमिक विद्यालयमा ‘ज्ञानीसँग हाम्रा नानी’ कार्यक्रम अन्र्तगत प्रहरीले विद्यालयमा अध्यनरत विद्यार्थीहरुसँग सचेतना कार्यक्रम गरेको हो। सचेतना कार्यक्रममा सशस्त्र प्रहरी बल गुल्म गुल्मीका प्रहरी नायव उपरीक्षक विनोदराज खनालले विद्यार्थीहरुलाई लागुऔषध दुब्यसनी तथा विपद् व्यवस्थापन सम्बन्धी जनचेतना मुलक प्रस्तुतिहरु राखेका थिए।

विद्यार्थी र प्रहरीबिच साथीत्वको भावना जगाउँदै लागुऔषध दुब्यसनी तथा विपद् व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम राखिएको प्रमुख प्रहरी नायब उपरीक्षक खनालले बताए। विद्यार्थीहरुलाई विपद् भनेको के हो, विपद् आउँदा कसले के भुमिका निर्वाह गर्ने, विपदको समयमा आफुले कसरी भुमिका निर्वाह गर्न सकिन्छ र विपद्को समयमा अपनाउन सकिने संयमताको विषयमा जानकारी गराइएको थियो।

स्कुल कार्यक्रमबाट विद्यार्थीहरुलाई विपद्बारे जानकारी गराउदै लागुऔषध दुब्यसनीमा फस्न नदिन तथा समाज सुधारमा महत्वपूर्ण निर्वाह गर्ने उदेश्यले  यो कार्यक्रम राखिएको खनालले बताए। विद्यार्थीहरुलाई लागुऔषध भनेको के हो, लागुपदार्थ सेवन गर्दाका बेफाईदाहरु, समाज मा कस्ता असर पार्छ र कानुनी अबस्थाको बारेमा पनि जानकारी गराइएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.