|

चितवन : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतमा आइतबारदेखि साक्षी बकपत्र सुरु हुने भएको छ। अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार रवि लामिछानेसहितका तीन जना उपस्थित भएपछि बकपत्र सुरु हुनेछ। 

बिहान ११ः२० बजेसम्म कोही पनि अदालतमा आइनपुगेको श्रेस्तेदार गिरीले जानकारी दिए। रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई आइतबार उपस्थित हुन अदालतले आदेश दिएको थियो। उनीहरुलाई आत्महत्या दुरुत्साहनको आरोप लागेको छ।

दुरुत्साहन आरोपमा पक्राउ परेका रविलाई ५ लाख, युवराजलाई ३ लाख रुपवैयाँ र अस्मिता सादा तारेखमा गत भदौ ९ मा रिहा गरेको थियो। आत्महत्या दुरुत्साहनको आरोप लागेपछि तीनैजनालाई गत साउन ३० मा काठमाडौंबाट पक्राउ गरी चितवन ल्याएको थियो। 

शालिकराम साउन २० गते नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। उनको मोबाइलमा भेटिएको भिडियोमा तीन जनामाथि आत्महत्या गर्न बाध्य पारिएको आरोप लगाएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.