सवारी जाम व्यवस्थापन हुने विश्वास

|

काठमाडौं :  गृहमन्त्री रामबहादुर थापा 'बादल'ले ट्राफिक व्यवस्थापनमा सडक प्रयोगकर्ता बढी जिम्मेवार हुनुपर्ने बताएका छन्। सरकारको ‘युवा परिचालन वर्ष– ०७६’ अन्तर्गत महाशाखा र राष्ट्रिय युवा परिषद्को आयोजनामा भएको कार्यक्रममा गृहमन्त्री थापाले ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीभन्दा सर्वसाधारण पैदलयात्रु र चालकहरु बढी जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरेका हुन्।

 उनले  दिनदिनै हुने सडक दुर्घटनाबाट ज्यान गुमाउने नागरिकको बढ्दै गएको र यसलाई न्युनिकरण गर्ने सबै जिम्मेवार बन्नुपर्ने बताए।

ट्राफिक प्रहरी महाशाखाले उपत्यका भित्र ५०० जना ट्राफिक स्वयम्सेवक परिचालन आइतबारबाट सुरु गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थान काठमाडौं उपत्यकाका व्यस्त सडकहरू दरबारमार्ग, केशरमहल, विर अस्पताल, माइतिघर, थापथली, बानेश्वर, कालिमाटी, महाराजगंज, पुल्चोक, कलंकी, कोटेश्वर, पुतली सडकलगायत २५ स्थानमा स्वयंसेवक खटाउने जनाएको छ।

ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकालले पाँच सयभन्दा बढी स्वयंसेवकले ट्राफिक प्रहरीले झैँ सेवा दिने बताए। 'उनीहरूले जेब्राक्रसिङमा यात्रुलाई सहयोग गर्नेछन्। पैदलयात्रुलाई फुटपाथ तथा आकाशेपुल प्रयोग गर्न सहयोग गर्नेछन्, 'प्रमुख ढकालले भने, 'पिक एड ड्रप' व्यवस्थापन गर्दै यात्रुलाई बस बिसौनी तथा लाईनमा बसि सवारी चढ्न सहयोग गर्नेछन्। लेन मेन्टेन उनीहरूको प्रमुख जिम्मेवारी हो भने यात्रु सहायता कक्षमा रहेर सहयोग गर्नेछन्।'

नेपाल प्रहरीको लोकप्रिय कार्यक्रम समुदाय–प्रहरी साझेदारीअन्तर्गत सबैको सहकार्य, सहभागिता र सहयोगका आधारमा उपत्यकाको ट्राफिक व्यवस्थापन थप चुस्त बनाउन युवा परिचालन गरिएको प्रमुख ढकालले जानकारी दिए।

ढकालले अबको पन्ध्र दिनसम्म २३ वटा स्कूल, कलेज, दुईवटा युवा क्लब, १६ यातायात प्रालि, १० जना ख्यातीप्राप्त कलाकार, १२ जना एयरहोस्टेजसहित ५०० जना स्वयम्सेवकहरुलाई एकदिन प्रशिक्षण गराएर फिल्डमा खटाउन लागिएको जानकारी दिए।। जनचेतनाको अभिवृद्धी गरउन जरूरी रहेको बताउदैँ हरेक नागरिकले आफूलाई बिना बर्दीको प्रहरी महसुस गर्नुपर्ने धारणा व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.