काठमाडौं : अभिनेत्री तथा मोडल एलिना बाँस्कोटा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
पञ्जाबी मोडल ह्यारी चहलको अभिनय गरेको गीतमा नेपाली मोड लोमस र सन्तोषले पनि अभिनय गरेका छन्। 'गाह्रो छ....' बोलको सार्वजनिक गीतमा बाहुबली नाम दिएको कुकरको पनि अभिनय हेर्न सकिन्छ। अभिनेत्री एलिनाले थुप्रै म्युजिक भिडियो र नेपाली सिनेमामा काम गरिसकेकी छन्।
राजकुमार बगरको शब्द तथा संगीत रहेको गीतमा पछिल्लो समयकी चर्चित गायिका मिना निरौलाको स्वर छ। उक्त भिडियोको निर्देशन प्रज्वलराज घिमिरेले गरेका हुन्।
आइटम बिटमा निर्माण गरिएको गीतले दर्शकको मन जित्ने निर्माण टिमको भनाइ छ। गीतको अडियो तथा भिडियोलाई एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन गरेको छ।
भिडियो
तपाईंको ईमेल गोप्य राखिनेछ ।