|

चितवन : चितवन मेडिकल कलेजका विद्यार्थी एवं नेत्र विक्रम चन्द 'विप्लव'का छोरा प्रकाश चन्दले देशभरका मेडिकल कलेजलाई सुध्रिन चेतावनी दिएका छन। चितवनमा पत्रकारसँग कुरा गर्दै चन्दले अवैध रुपमा विद्यार्थीबाट बढी लिएको शुल्क फिर्ता गर्न चेतावनी दिएका हुन।

चितवन मेडिकल कलेज अन्ततः विद्यार्थीको बढी शुल्क फिर्ता गर्न तयार भएकाले अन्य मेडिकल कलेज पनि सुध्रिन उनले आग्रह गरे। ‘सिएमसिबाट पाठ सिकेर सबै मेडिकल कलेजले अवैध रूपमा लिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्नुपर्छ’ उनले भने

गण्डकी मेडिकल कलेजलगायत देशभरका विभिन्न मेडिकल कलेजमा विद्यार्थीले उठाएको जायज मागलाई पूरा गराएरै छाड्ने दृढता पनि व्यक्त गरेका छन्। केही समयपछि विभिन्न मेडिकल कलेजमा पुग्ने तयारी भइरहेको समेत उनले बताए।

उनले सिएमसीले जिल्ला प्रसासन कार्यालयमा विद्यार्थी र अभिभावकसँग गरेको सहमति अक्षरस पालना गर्ने विश्वास पनि व्यक्त गरे। अन्य मेडिकल कलेजमा भएका थुप्रै सहमतिहरू कार्यान्वयन नभएको बताउँदै उनले भने ‘यदि सहमति कार्यान्वयन भएन भने प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नतले कार्वाही प्रकृया अघि बढाउछौँ भन्नुभएको छ, हामी पनि कानुनी बाटो उपचार खोज्छौँ।’

उनले विद्यार्थीको जायज माग र मेडिकल माफियाविरुद्ध सरकार कडा रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए।

यस्तै, एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी मान्यता थापाले विद्यार्थीको जायज माग पूरा गर्न सिएमसी इमान्दार हुने विश्वास व्यक्त गरिन्। उनले यदि सहमति कार्यान्वयन नभए अब अभिभावकसहित कडा आन्दोलनमा उत्रने चेतावनी दिइन्।

नर्सिङ अध्ययनरत विद्यार्थी कला अधिकारीले सहमति कार्यान्वयन गर्दै सिएमसी देशभरमा नमुना बन्नुपर्नेमा जोड दिइन। यस्तै, अभिभावक एवं सामाजिक अभियान्ता प्रेम रिमालले आज जे समस्या देखियो त्यो आगामि दिनमा दोहोरिन नहुने बताए। उनले भोलिका भाइबहिनीले यस्तो समस्या नभोगुन भन्नका लागि सरकार नै खरो रुपमा उत्रनुपर्ने बताए।

विद्यार्थी, अभिभावक र सिएमसीका प्रतिनिधिबीच शनिबार जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा विद्यार्थीबाट बढी लिएको शुल्क ३० दिनभित्र फिर्ता गर्ने सहमति भएको छ। सहमतिसँगै विद्यार्थीको आन्दोलन स्थगित भएको छ भने कलेजको पठनपाठन सुचारु भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.