|

गुल्मी : गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा बसाइसराई प्रमाणपत्रको ६ हजार लिने गरेको पाइएको छ।

गाउँपालिका ६  हरेवाका प्रितम थापाले बसाइसराईको प्रमाणपत्र लिँदा ६ हजार तिरेको बताएका हुन्। गाउँपालिकाको राजश्व समितिको बैठककले निर्णय गरी ६ हजार  लिने निर्णय गरेको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले जानकारी दिए।

यस्तै, कालीगण्डकी गाउँपालिकाले बसाइसराई गरेको प्रमाणपत्र लिदाँ ५ हजार लिने गरेको छ भने मुसिकोट नगरपालिकाले २ हजार राजश्व लिने गरेको नगरपालिकाले जनाएको छ। यस्तै, गुल्मीदरबार गाउँपालिकाले एक हजार ५०० रुपैयाँ लिने गरेको गाउँपालिकाको लेखा शाखाले जानकारी दिएको छ।

यस्तै, रुरु, छत्रकोट गाउँपालिका र रेसुंगा नगरपालिकाले  रु ५० रुपैयाँ लिने गरेका छन्। मदाने, इश्मा गाउँपालिकाले सय रुपैयाँ लिने गरेको मदाने गाउँपालिकाले जनाएको छ। यस्तै, धुर्कोट गाउँपालिकाले हजार रुपैयाँ लिने गरेको गाउँपालिकाका सूचना अधिकारी इश्वरी भण्डारीले जानकारी दिए। 

यस्तै, मालिका गाउँपालिकाले भने बसाइसराई सराई गरेको ३५ दिनभित्र निःशुल्क , ७० दिनसम्ममा ५०, छ महिनासम्ममा सय र त्यसमाथिका दिनमा रु ५०० रुपैयाँ लिने गरेको बताएको छ।

पछिल्लो समयमा बसाइसराईको प्रमाणपत्र लिँदा ६ हजार लिँदा विवाद उत्पन्न भएपछि घटाइ रु ३०० रुपैयाँ लिने निर्णय गरिएको खत्रीले बताए।

बसाइसराई गरी आउनेलाई स्वागत

बसाइसराई गरी जानेका लागि गुल्मीका स्थानीय तहले ५० रुपैयाँदेखि ६ हजार रुपैयाँ असुल्ने गरेता पनि बसाइसराई गरी आउनेलाई निःशुल्क रूपमा स्वागत गर्ने गरेको बताएका छन्। स्थानीय तहबाट बसाइसराईको दरलाई कम गरी आउनेलाई स्वागत गरिएको गाउँपालिकाले जनाएका छन्।

यस्तै, धुर्कोट गाउँपालिकाले भने बसाइसराई गरी गाउँपालिकामा आउनेका लागि रु २०० रुपैयाँ लिने गरेको सूचना अधिकारी इश्वरी भण्डारीले जानकारी दिए।  बसाइसराई गरेको ३५ दिनभित्र भने निःशुल्क रूपमा प्रमाणपत्र उपलब्ध गराउने गरेको गुल्मीका स्थानीय तहहरूले जनाएका छन्।

बसाइसराई गरी जानेको परम्परालाई रोक्नका लागि स्थानीय तहमा नै गुणस्तरीय शिक्षा, स्वरोजगारको व्यवस्था, खानेपानीको उचित व्यवस्थासँगै सडकलाई स्तरउन्नति गर्ने र स्वास्थयको राम्रो व्यवस्था गर्न सके बसाइसराईको दरलाई रोक्न सकिने धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.