|

रुपन्देही : डेंगुको संक्रमणबाट सैनामैनामा एक महिलाको मृत्यु भएको छ।

डेंगुको संक्रमण भएकी रुपन्देहीको सैनामैना नगरपालिका–३ मुर्गिया की ५६ वर्षीया शोभा परियारको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शनिबार मृत्यु भएको अस्पतालले जनाएको छ।

शुक्रबारदेखि ज्वरो आएपछि परियारलाई स्थानीय मेडिकलमा उपचार गरिए पनि सुधार नभएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।

जिल्लामा डेंगुको संक्रमणबाट दुई हप्ताअघि पनि एक महिलाको मृत्यु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.