|

एजेन्सी : क्लबसँगको खराब सम्बन्धका कारण ट्रान्सफर विन्डोमा सर्वाधिक चर्चा बटुलेका पेरिस सेन्ट जर्मेन (पीएसजी) स्टार नेयमार फ्रान्सको लिग ‘लिग वान’मा लगातार उत्कृष्ट प्रदर्शन गर्न सफल भएका छन्। आफ्नो क्लब पिएसजीलाई आइतबार राति जित दिलाउन नेयमारले गरेको एकमात्र गोल निर्णायक बन्यो।

लियोनसँग अधिकांस समय गोलरहित बराबरी भएको खेलमा सयम सकिन ३ मिनेट बाँकी छँदा नेयमारले पिएसजीका लागि विजयी गोल गरे। उनको गोलबाट जितसँगै शीर्ष स्थानको पीएसजीले लिगमा तीन अंकको अग्रता लिएको छ।

अघिल्लो साता स्टार्सवर्गविरुद्वको खेलमा दोस्रो हाफको इन्जुरी समयमा नेयमारले नै पिएसजीका लागि एक मात्र गोल गर्दै टिमलाई जित दिलाएका थिए। लगातार दोस्रो खेलमासमेत अन्तिम समयमा गोल गर्दै नेयमारले घरेलु टोलीको सम्भावित बराबरी टारे।

नेयमारले पिएसजीका सुरुवाती पाँच खेल गुमाएका थिए। उनी बार्सिलोना अनुबन्धन हुने चर्चापछि मुख्य प्रशिक्षक थोमस टुचेलले उनलाई टिम बाहिर राखेका थिए। उनी टिममा फर्कि एपनि च्याम्पियन्स लिगको सुरुवाती तीन खेल गुमाउनेछन्। उनलाई युईएफएले तीन खेलका लागि निलम्बन गरेको छ।

त्यही कारण रियल म्याड्रिडविरुद्वको पहिलो खेलमा उनी मैदानमा देखिएनन्। फ्रेन्च लिगको शीर्ष स्थानको पिएसजीले ६ खेलबाट १५ अंक जोडेको छ। लियोन ८ अंकसहित नवौँ स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.