|

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका–२ मा भालुको आक्रमणबाट एक जना घाइते भएका छन्। भालुको आक्रमणबाट मकालु–२ बुङ्गिमका ३४ वर्षीय दावा नुर्बु शेर्पा घाइते भएको संखुवासभाका प्रहरी निरीक्षक सन्तोश राईले जानकारी दिए। 

आइतबार दिउँसो ४ बजे शेर्पालाई आफ्नै बारीमा घाँस काट्न गएको बेला भालुले आक्रमणबाट घाइते भएको प्रहरी निरीक्षक राईले बताए। भालुको आक्रमणबाट शेर्पाको दाहिने हातको पन्जा, दुबै खुट्टा र शरिरका विभिन्न भागमा चोट लागेको बताइएको छ। 

भालुको आक्रमणबाट घाइते शेर्पाको प्राथमीक स्वास्थ्य चौकी मकालुमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटना स्थल सदरमुकाम खाँदबारीबाट दुई दिनको पैदलमा पर्दछ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.