मेलम्चीमा ठूलै चलखेल भएको दाबी

|

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको ठेक्का बिनाप्रतिस्पर्धा  दिएर सरकारले ठूलै आर्थिक चलखेल गरेको आरोप लगाएका छन्। 

कांग्रेस सभापति देउवाले संविधान र कानुन विपरित बूढीगण्डकी जलविद्युत् आयोजनाको काम पनि चिनियाँ कम्पनीलाई ठेक्कामा दिएको भन्दै चर्को आलोचना गरे। 

‘बिनाप्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजना र बूढीगण्डकी जलविद्युत आयोजनाको कामलाई अघि बढाइएको छ,’ सभापति देउवाले भने, ‘संविधान र कानुनीरुपमा पनि बिनाप्रतिस्पर्धा अघि बढाउन नमिल्ने ती आयोजना थालेबाट यसमा सरकारले धेरै ठूलो भ्रष्टाचार गरेको स्पष्ट हुन्छ।’ 

नैनसिंह महरद्वारा लिखित पुस्तक ‘नेकपा सरकारका काण्डैकाण्ड’ को सोमबार काठमाडौंमा विमोचन गर्दै उनले ओली सरकारले शून्य सहनशीलताका कुरा गरेर मुलुकलाई भ्रष्टाचारको काण्डैकाण्डमा डुबाएको दाबी पनि गरे।

सभापति देउवाले प्रजातन्त्रका मूलभूत मान्यतामाथि सरकारले आक्रमण गर्ने काम गरिरहेको उल्लेख गर्दै सैह्य नहुने चेतावनी पनि दिए। 

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.