|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले ओली सरकारका जनविरोधी काम चिनेमा पार्टीले अर्को चुनावमा जित दर्ता गराउने बताएका छन्। 

नैनसिंह महरद्वारा लिखित पुस्तक ‘नेकपा सरकारका काण्डैकाण्ड’ को सोमबार काठमाडौंमा आयोजित विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

'कांग्रेसले ओली सरकारका जनविरोधी काम चिन्‍नुपर्यो', उनले भने, 'यही पुस्तकलाई सन्दर्भ सामग्री बनाएर अघि बढ्दा मात्रै पनि कांग्रेसलाई चुनाव जित्नबाट कसैले रोक्न सक्दैन।'

उनले कांग्रेसलाई अघि बढाउन पार्टी भित्रको एकताको आवश्यक्तामा जोड दिएका छन्। पार्टी सभापति देउवालाई मात्रै गाली गरेर पार्टीलाई अघि बढाउन नसकिने महामन्त्री कोइरालाले जिकिर गरेका छन्। 

महामन्त्री कोइरालाले नेकपा नेतृत्वको वर्तमान सरकारले गरेका काम र पार्टी नेतृत्वको विगतका सरकारका कामको तुलनात्मक अध्ययन हुने गरी पुस्तक लेख्नुपर्ने आवश्यक्ता पनि औंल्याए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.