निजगढ विमानस्थल बनाउन जुरिच सर्ट लिस्टमा

|

 काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापन सुधारबारे चासो देखाएका छन्। लगानी बोर्डको ४० औं बैठकमा प्रधानमन्त्री ओलीले सुधारबारे एकीकृत र विस्तृत योजना ल्याउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका हुन्। 

लगानी बोर्डको ४० औँ बैठकको अध्यक्षता गर्दै उनले हालसम्मका अध्ययन, अहिलेको अवस्था र सुधारका लागि लगानी गर्न इच्छुकहरुको प्रस्तावसहित सुझाव दिन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका हुन्। 

‘हामीलाई काठमाडौँ उपत्यकाको यातायात सुव्यवस्थापनमा छिटो काम गर्नुछ, ती कामहरु सबै समयमा योजनाबद्धरुपमा सम्पन्‍न हुनुपर्छ । मन्त्रालय र निकायले आपसमा समन्वय गर्नुपर्छ', प्रधानमन्त्री ओलीले भने, 'त्यसका लागि प्रतिवेदन प्राप्त बोर्डले थप निर्णय गर्नेछ। बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको परियोजनाको सम्बन्धमा पनि निर्णय लिएको छ।'

निजगढ अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माणका लागि जुरिच इन्टरनेसनल एयरपोर्ट (एजी)सँग विस्तृत प्रतिवेदन माग गरेको लगानी बोर्डले जनाएको छ।

लगानी बोर्डको बैठकपछि प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जुरिच इन्टरनेसनल एयरपोर्ट (एजी)को मात्र मापदण्ड पुगेको बताए।

लगानी सम्मेलनका क्रममा निजगढमा अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माणका लागि ७ वटा प्रस्ताव परेका थिए। लगानी बोर्डले सातमध्ये ६ वटा प्रस्तावकले मापदण्ड नपुर्‍याएको ठहर गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.