|

काठमाडौं:  पूर्वी रुकुम, पुथा उत्तरगङ्गा गाउँपालिका–१० तकसेराका हिक्मत घर्ती मगरले न्यूयोर्कको क्वीन्स कोरोनामा भएको कराँते कपका दुई बिधामा २ स्वर्ण पदक जितेका छन्। सेप्टेम्बर २१ -२४ सम्म भएको ६७ केजी ताैल समुह कुमेटी र एकल काता तर्फ दुबैमा उनले स्वर्ण पदक प्राप्त गरेका हुन्।

प्रतियोगितामा अमेरिका सहित ४० देशले सहभागी जनाएका छन । हिक्मतले सन २०१४ जर्मनी मा सम्पन्न अन्तर्राष्ट्रिय जर्मन वादो कपमा ५५ केजी ताैल समुह कुमेटी नेपालीलाई रजत पदक दिलाएका थिए |

सन २०१४ मै बेल्जियमा सम्पन्न भएको प्रथम गेन्त सिटी अन्तर्राष्ट्रिय बुदो कराँते कपमा ६० केजी ताैल समुहमा क्यूबाका खेलाडीलाई फाइनलमा हराउँदै नेपाललाई स्वर्ग पदक दिलाएका थिए।फ्रान्सकाे चार्ल्स डे गौल्ली शहरमा सम्पन्न भएकाे केड्लु एफ अन्तर्राष्ट्रिय कराँते प्रतियाेगीतामा ५५ केजी देखि ६२ केजी ताैल समुह कुमेटीमा रजत पदक तथा व्यतिगत ६७ केजी काता तर्फ स्वर्ग पदक दिलाएका घर्तीमगरले जर्मनकाे हम्बुर्ग शहरमा सम्पन्न भएकाे एल्बी कप अन्तर्राष्ट्रिय कराँते कपमा काता तर्फमा पनि कास्य पदक पाएका हुन् | 

अनि कराँते ओपन लिस्बाेन २०१८ मा कुमुटी ६१ केजी ताैल समुहमा कास्य पदक प्राप्त गरेर नेपालको गौरव बढाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.