निजगढ एयरपोर्ट जुरिचलाई

|

काठमाडौंः काठमाडौं उपत्यकाको बाहिरी चक्रपथ परियोजना निर्माणको जिम्मा ‘चिनियाँ कम्युनिकेशन पूर्वाधार कम्पनी’ ले पाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको लगानी बोर्डको ४०औँ बैठकले काठमाडौं बाहिरी चक्रपथ परियोजनाको जिम्मेवारी ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी’लाई दिने निर्णय गरेको हो।

बैठकले प्रस्ताव पेश गरी संक्षिप्त सूचीकरण गरेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी बताए। धेरै कम्पनीका निवेदनमध्ये मापदण्ड र मूल्याङ्कनका आधारमा उक्त कम्पनीलाई जिम्मेवारी दिइएको उनले बताए।

बैठकमा हाल निर्माण भइरहेका ठूला परियोजनालाई तदारुकताका साथ अगाडि बढाउनेबारे छलफल भएको उनले जानकारी दिए ।

बैठकमा आर्थिक समृद्बिका लागि ठूला परियोजनाहरुलाई शीघ्र अगाडि बढाउनुपर्ने प्रधानमन्त्री ओलीले बताएका छन्। त्यसैगरी सम्बन्धित निकायहरुले समन्वयमा जोड दिनु पर्ने उनले औल्याएका थिए ।

निजगढ जुरिचलाई

बैठकले सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको परियोजना विकास गर्न ‘जुरिच एयरपोर्ट इन्टरनेशनल एजीलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ।

दुवै परियोजनाका लागि ती कम्पनीले ४५ दिनभित्र परियोजना विकासको प्रस्ताव पेश गर्नुपर्ने छ। बैठकले पश्चिम सेती तथा एसआर छ संयुक्त जलविद्युत् परियोजना, तल्लो अरुण जलविद्युत् परियोजनाका लागि प्रस्ताव पेश गर्नेमध्ये सङ्क्षिप्त सूचीकरण छनोटका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा अलगअलग समिति गठन गरेको छ।

यातायातबारे एकीकृत सुझाव दिन निर्देशन बैठकमा प्रधानमन्त्री ओलीले काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापन र सुधारबारे हालसम्म भएका विभिन्‍न अध्ययन, अवस्था, त्यसका लागि लगानी गर्न इच्छुकको सूचीसहित सुझाव दिन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.