साढे १३ अर्बमा ४२ महिनामै बनाइसक्ने
साढे १३ अर्बमा ४२ महिनामै बनाइसक्ने
काठमाडौं : बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग निर्माणको ठेक्का सम्झौंता भएको छ । जापान सरकारको ऋण सहायतामा बन्न लागेको सो सुरुङ माग निर्माणको लागि सोमबार एक कार्यक्रमबीच नागढुंगा सुरुङमार्ग निर्माण परियोजना र जापानको ‘हाजमा अन्डो कर्पोरेशन’बीच ठेक्का सम्झौता भएको हो ।
४२ महिना भित्र निर्माण सम्पन्न गर्ने गरी सुरुङ मार्गको ठेक्का सम्झौंता गरिएको सडक विभाग, वैदेशिक समन्वय महाशाखाका प्रमुख अर्जुनजंग थापाले जानकारी दिए।
सुरुङ मार्गको लम्बाई २ दशमलव ६७ किलोमिटर छ । ठेक्का सम्झौतामा सुरुङ मार्ग निर्माणका लागि १३ अर्ब ५० करोड लाग्ने उल्लेख छ। जापान सरकारले ४० वर्ष भित्र तिर्ने गरी सुरुङ मार्गका लागि ० दशमलव ०१ प्रतिशत ब्याजदरमा ऋण सहायता उपलब्ध गराएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।