दसैँमा लामो दुरी चल्ने सवारीमा दुई चालक अनिवार्य

|

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकलाई कडा कार्वाही गर्ने चेतावनी दिएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले चाडपर्वका बेला मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकलाई कडा कार्वाही गर्ने बताएका हुन्।

उनले त्यसका लागि ठाउँठाउँमा सवारी चालकहरुको चेकजाँचको व्यवस्था गरिएको पनि जानकारी दिए । सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रमुख ढकालले दसैँमा संचालन हुने सबै यातायातको साधनमा दुई चालकको अनिवार्य व्यवस्था गर्न पनि यातायात व्यवसायीहरुलाई सचेत गराए।

त्यसो नगरिए प्रहरीले कडा कार्वाही गर्ने पनि प्रमुख ढकालको भनाई छ । प्रमुख ढकालले दसैंका लागि टिकट बुकिङ काउन्टरहरुमा लुटपाटजस्ता अपराधिक गतिविधि हुन नदिन सादा पोशाकका प्रहरी परिचालन गरिएको पनि स्पष्ट पारे।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.