|

इलाम : इलामको माई नगरपालिकाका प्रमुख दीपककुमार थेवेको पार्किङ गरेर राखिएको गाडीमुनि अज्ञात समुहले प्रेसर कुकर बम राखेको छ। 

माई नगरपालिका–२ मा रहेको नगरप्रमुखको कम्पाउन्डमा राखिएको मे १ ज २९११ नम्बरको बोलेरो गाडीमुनि सोमबार बिहान बम फेला परेको उनका चालक खगेन्द्र राईले बताए। 

तत्काल चारआलीमा रहेको नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेपछि ११ बजे डिस्पोज गरिएको थियो । 

नगर प्रमुख थेवेसँग केही समय अगाडी प्रकाश नाम गरेका व्यक्तिले ठूलो परिमाणमा रकम माग गरेको खुल्न आएको छ । घटनापछि बसेको नेकपा माई नगरपालिका कमिटी र सचिवालयको बैठकले बम राखिएकोमा भत्सर्ना गर्दै यसमा संलग्नलाई खोजी गर्न माग गरेको छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.