|

काठमाडौंः क्षितिज सापकोटाको नयाँ गीत बजारमा सार्वजनिक भएको छ। ‘नसोध कोही’ बोलको गीतमा शब्द, संगीत तथा स्वरसमेत सापकोटाकै छ।
गीतमा संगीत संयोजन दीपक विश्वकर्माले गरेका छन्।

जिन्दगीभर साथ दिने बाचा गरेकी प्रेयसीले छोड्दा दुर्घटना परी शारीरिक रुपमा अशक्त व्यक्तिमा उत्पन्न मनोभावलाई गीतमा उतारिएको छ निर्माण पक्षले जनाएको छ। भिडियोमा चिरञ्जीवीअधिकारी र पूर्णिमा थामीको अभिनय रहेको छ। गीतको म्युजिक भिडियो मदन खड्काले निर्देशन गरेका हुन्।

भिडियो अनिल रानाको सम्पादन तथा वीरेन्द्र भट्टको सिनेम्याटोग्राफी छ। सापकोटाको यसअघि किराना पसल-१, किराना पसल-२, माखे सांग्लोलगायत गीत सार्वजनिक भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.