|

काठमाडौं : आख्यानकार प्रकाश तिवारीको तेस्रो उपन्यास ‘निहारिका’ बजारमा आएको छ। अन्तरजातीय प्रेमसम्बन्धमा आधारित उपन्यासमा मध्यपहाडी जिल्ला लमजुङ र कास्कीको भूगोल चित्रण गरिएको छ। 

ब्राह्मण पुत्री शारदा र विश्वकर्मा पुत्र मोहनको आदर्श प्रेम, अन्तरजातीय विवाह, उनीहरूमाथिको पारिवारिक एवं सामाजिक उत्पीडन अनि त्यसविरुद्धको विद्रोहको मसाल उपन्यासमा प्रज्ज्वलित छ।

लेखक तिवारीको यो तेस्रो उपन्यास हो। यसअघि उनको २०७२ सालमा ‘परित्यक्त’ र २०७४ सालमा ‘निलोफर’ उपन्यास प्रकाशित भइसकेको छ। यस्तै विभिन्न पत्रपत्रिकामा फुटकर कथा प्रकाशित गराइसकेका तिवारी नेपालको सामाजिक जीवनलाई आधार बनाएर आख्यान लेख्ने गर्छन्।  

इन्डिगो इन्कले प्रकाशन गरेको उपन्यासको मूल्य २९९ राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.