|
फाइल फोटो

सोलुखुम्बु : स्काभेटरले च्याप्दा सोलुदुधकुण्ड नगरपालिका ९ गोराखानीमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। सोलुदुधकुण्ड नगरपालिकाको स्काभेटरले च्याप्दा स्थानीय ४८ वर्षीय दावा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरी नारायणबहादुर बस्नेतका अनुसार नगरपालिकाको नाममा दर्ता भएको बा १ ग ३१७५ नम्बरको स्काभेटरले बाटो सफा गर्ने क्रममा घटना भएको हो।  मंगलबार दिउँसो १२:०० बजेको समयमा उक्त घटना भएको बताइएको छ। घटनास्थलमा प्रहरी चौकी पत्तालेको टोली प्रस्थान गरिसकेको प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.