अर्थ : बैं‌किङ

सनराइज बैंकको नयाँ योजना
SHARES

फाइल फोटो
असोज ७, २०७६

    काठमाडौं : सनराईज बैंकले सनराइज क्यापिटलको व्यवस्थापनमा संचालनमा आएको ‘सनराइज फष्ट म्युचुअल फण्ड’ बाट सेयर बजारमा दीर्घकालीन सोचका साथ लगानी गर्ने जनाएको छ।

    बैंकले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी असोज ८ गतेदेखि एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई युनिट सर्वसाधारणका लागि बिक्री खुला गर्न लागिएको जानकारी गराएको हो। सेयर बजारमा लगानी गर्ने सही समयमा फन्ड संचालन गर्न लागिएकाले सो फण्डले उचित प्रतिफल दिने सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले दावी गरे।

    बैंकले सेयर बजार नघटने निष्कर्ष निकाल्दै लगानीकर्तालाई सो फण्डबाट वार्षिक २४ प्रतिशत प्रतिफल र औंसत वार्षिक १४ प्रतिशत लाभांश दिने प्रक्षेपण पनि गरेको छ। सनराईज फण्डले कूल निष्काशन गर्न लागेको १० करोड ईकाइमध्ये १५ प्रतिशत ९१ करोड ५० लाख प्रवर्द्धक सनराईज बैंकलाई सुरक्षित गरेको छ भने बाँकी ८ करोड ५० लाख ईकाई सर्वसाधारणका लागि बिक्री गर्न लागिएको पनि सनराईज क्यापिटलले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]