|

जनकपुरधाम :  धनुषाको गणेशमान चारनाथ नगरपालिका मा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय शिवकुमार महतो, उनका श्रीमती र एक कामदार रहेका छन्।

महतोले पुर्वेली स्टाप होटल सञ्चालन गरेका थिए। सोही होटलमा सुतिरहेका महतो, उनका श्रीमती र कामदारको करेन्ट लागेर मृत्यु भएको धनुषाका एसपी शेखर खनालले जानकारी दिए। उनका अनुसार मृतक कामदारको पहिचान खुल्न सकेका छैन्। 

घरमा सुतिरहेका बेला विधुत सर्ट भएपछि तार जलेर तल खस्दा उनीहरुलाई करेन्ट लागेको प्रहरीको अनुमान छ। विहान ढिलोसम्म होटल नखोल्दा स्थानीयले त्यहाँ गएर हेर्दा मृत भेटेपछि प्रहरीलाई खबर गरेको थियो।

मृतक तीनै जनाको शव अहिले घटनास्थल मै छ। प्रहरी घटनास्थल पुगेर कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमका लागि जनकपुर ल्याउने तयारी गरेको एसपी खनालले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.