|

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट ठूलो परिमाणको सुन पास भएपछि भन्सार विभागले २९ जना कर्मचारीलाई कारवाही गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार प्रमुख नारायणप्रसाद सापकोटाले सुन भित्रिएको समयमा ड्युटीमा रहेका उपसचिवदेखि कार्यालय सहयोगीसम्मका कर्मचारीलाई पदमुक्त गराएको जानकारी दिए।

‘हामीले त्यसबेला ड्युटीमा रहेका २९ जना कर्मचारीलाई पदमुक्त गरी छानबिन शुरु गरेका छौं’, उनले भने– ‘हामीले सिसिटिभीका फुटेजहरु संकलन गरिसकेका छौं, अब छानबिन पनि अघि बढ्छ, एक–दुई दिनमा सबै कुरा थाहा हुन्छ।’

छानबिन समिति गठन

भन्सार विभागले भन्सारबाट कुनै रोकतोक सुन पास भएपछि छानबिनको लागि एक समिति बनाएको छ। विभागका उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो। 

समितिमा विभागकै कुलराज ज्ञवाली, टंक पाण्डे, पुण्यविक्रम खड्का छन्। समितिमा अर्थ मन्त्रालयका कानुन हेर्ने एक कर्मचारीलाई पनि प्रतिनिधिको रुपमा छानबिन समितिमा राखिएको महानिर्देशक शिशिर ढुंगानाले जानकारी दिए।

बिहिबार प्रहरीले संयुक्त अरब इमिरेट्स (युएई) बाट ल्याइएको ३३ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.