नायक सिद्धार्थ मल्होत्रा, रितेश देशमुख र नायीका तारा सुतारीयाको अभिनय रहेको बलिउड चलचित्र मरजावाको ट्रेलर सार्वजनिक भएको छ।
चलचित्रमा मल्होत्रा पहिलोपटक तारासँग सँगै देखिएका छन्। यस अघि एक भिलेन चलचित्रबाट खलनायक बनेका रितेश देशमुख यसमा पनि खलपात्रका रूपमा छन्। चलचित्रमा नायिक रकुल प्रित सिंहलाई अथितिका रूपमा देख्न सकिनेछ।
रोमान्टिक तथा एक्सन प्रधान रहेको चलचित्रलाई मिलाप जावेरीले निर्माण गरेका हुन्। चलचित्रलाई आगामी नोभेम्बरमा रिलिज गरिने निर्माण टोलीले जनाएको छ।
ट्रेलर
तपाईंको ईमेल गोप्य राखिनेछ ।