काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल खुला विश्वविद्यालयबीच शुल्क संकलनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
सम्झौतामा विश्वविद्यालयको तर्फबाट कुल सचिव कमल ढकाल र बैंकको तर्फबाट बैंकका कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार ग्लोबल आइएमई बैंकमा खाता खोलिसकेपछि नेपाल खुला विश्वविद्यालयका विद्यार्थीले बैंकको मोबाइल एप्लिकेशन तथा अनलाइन बैंकिङमार्फत शुल्क तिर्न सक्नेछन्।
हाल बैंकले आफ्ना १४५ शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १८८ शाखा रहित बैंकिङ सेवा, १४८ एटीएम र ३ वटा अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयमार्फत ११ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।