|

चितवन : भरतपुर महानगरपालिका १६ को वडा अध्यक्षको उपनिर्वाचन आगामि मंसिर १४ गत्ते हुनेभएको छ। निर्वाचन आयोगले एक विज्ञप्ती जारी गरी रिक्त रहेको वडा अध्यक्ष पदको उपनिर्वाचन मंसिर १४ मै गरीने जनाएको हो। 

वडाअध्यक्ष चतुरमान गुरुङको क्यान्सरका कारण असोज ४ गत्ते निधन भएपछि अहिले वडाअध्यक्षको पद रिक्त रहेको छ। गुरुङ तत्कालीन नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए। आयोगले उपनिर्वाचन प्रयोजनका लागी यहि असोज ७ गत्तेसम्ममा १८ वर्ष पूरा भई नाम दर्ता गराउनेले मतदान गर्न पाउने जनाइएको छ।

आयोगका उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद गौतमद्बारा हस्ताक्षररित विज्ञप्तिमा भनिएको छ ‘मिति २०७६ अशाेज ६ र ७ गत्तेसम्ममा नाम दर्ता भई सोही मितिसम्ममा १८ वर्ष उमेर पूरा भएका मतदातालाई मतदाता नामावली ऐन, २०७३ को दफा ७ (ख) बमोजिम मतदाताको उमेर अठार वर्ष पूरा भएको मिति तोकिएको छ।’
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.