|

काठमाडौं : संचारकर्मी रवि अधिकारीको शब्द रहेको 'आँशुको अर्थ' र 'आँशुको अर्थ 'भाग २' को सफलता पछि नयाँ गीत सार्वजनिक भएको छ।

अधिकारीको शब्द र गायक शिव परियारको आवाजमा रहेको 'निष्ठुरी' बोलको गीत सार्वजनिक भएको छ। माया, प्रेम र धोकाको कथा बोकेको 'निष्ठुरी' बोलको उक्त गीत शुक्रबार बिहान नमस्ते फिल्मीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

सार्वजनिक गीतमा दीपक शर्माको संगीत र रिदम कँडेलको संगीत संयोजन रहेको छ। गीतको भिडियोमा स्नेहा पौडेल, उत्सव अधिकारी, जनक थपालिया र सुशान्त कुमार श्रेष्ठ लगायत फिचर्ड रहेका छन्।

सशान कँडेलले निर्देशन  गरेको भिडियोलाई नबराज उप्रेतीले खिचेका हुन् भने विकास धमलाले सम्पादन गरेका हुन्।

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.