मेलामा निशुल्क प्रवेश गर्न पाइने

|

ललितपुर: सातौं संस्करणको ‘मेड इन नेपाल एक्स्पो’ ललितपुर सानेपाको हेरिटेज गार्डेनमा शुक्रबारदेखि सुरु भएको छ। मेलाको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले नेपालमा उत्पादित वस्तुको प्रवर्द्धनमा प्रोत्साहनको आवश्‍यकता रहेको बताए। 

'आफ्नो भन्या आफ्नै' हो भन्‍ने नारासहित नेपाली युवा उद्यमी मञ्चले राखेको एक्स्पोमा  नेपालकै उद्यमीहरूका उत्पादन राखिएको छ। मेलामा हस्‍तकला, श्रृङ्गार, कपडा, जुत्तालगायतका साना ठूला वस्तु तथा सेवाका ७० बढी स्टल रहने मञ्चले जनाएको छ । दुई दिनसम्म चल्ने एक्स्पोमा २० हजार भन्दा बढीले अवलोकन गर्ने आयोजकको दाबी छ।

निःशुल्‍क प्रवेश दिइएको मेलामा खाना महोत्सव, सांस्कृतिक कार्यक्रमसहित बालबालिकाका लागि खेलकुदको व्यवस्थासमेत गरिएको मञ्चले जनाएको छ। मेलामा विभिन्‍न कलाकारले आफ्नो प्रस्तुति समेत दिने छन्।    

हेर्नुस् नेपाली उत्पादनको फोटो फिचर

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.