|

सुर्खेत : सुर्खेतको गौहत्या प्रकरणका आरोपीलाई सुर्खेत जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।

शुक्रबार थुनछेक बहसपछि सुर्खेत अदालतले गौहत्याका आरोपीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो। नेपालगञ्ज उपमहानगरमालिकाका नगरप्रहरी प्रमुख निरीक्षक सूर्यबहादुर बोगटीलाई ४ लाख ५० हजार धरौटीमा छोडिएको छ।

अदालतले ट्रक मालिक चितवनका गुड्स क्यारियर्सका संचालक सन्त्रिप्त सिंह श्रेष्ठलाई ३ लाख ५० हजार,  नगरप्रहरी नेपालगञ्जका प्रहरी सहायक निरीक्षक विकास गौतमलाई २ लाख ५० हजार तथा नगर प्रहरी जवानहरू चन्द्र बहादुर राना, शुसान्त  शाही, कमल वयक, सुवर्ण तारमी मगरलाई जनही २ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।

यसैगरी उपमहानगरपालिका फायरमेन कमल थापा मगरलाई  १ लाख ५० हजार, नेपालगञ्ज काञ्जिहावसका सहयोगी धर्मेन्द्र नेपाली एक लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ। 

गाई ओसार्ने ट्रक चालकहरू शत्रुधन चौधरी, हिम बहादुर जिसी, दान बहादुर केसी, विवेक कुँवर, सागर विकलाई जनही १/१ लाख धरौटीमा रिहा गरिएको छ। यसैगरी ट्रकका सहचालक अमृत चौधरी र कृष्ण बहादुर विसीलाई साधरण तारेखमा छोडेको छ। दुईजना काञ्जिहाउसका कर्मचारी पवन कानोडिया र राकेश भारती फरार रहेको छन्। उनीहरूविरुद्ध म्याद जारी गर्ने अदालतका श्रेस्तेदार भूपाल भण्डारीले जनाकारी दिए।

गौहत्या प्रकरणमा सरकारको तर्फबाट जिल्ला न्यायाधिवक्ता डम्बर काफ्ले र सहन्यायाधिवक्ता आरती चपाईंले बहस गरिरहेका छन भने आरोपीको तर्फबाट वरिष्ट अधिवक्ता गोविन्द बन्दी र प्रेमध्वज शाहीलगायत ११ जना वकिलले बहस गरिरहेका छन्।

गएको भदौ १३ गते नेपालगञ्ज उपमहानगरपालिकाले कान्जी हाउसबाट दैलेख लैजाने भनिएका २ सय ९१ गाईमध्ये ३६ ओटा गाईगोरु वीरेन्द्रनगरको कट्कुवा र बेउरेनीमा मृत अवस्थामा भेटिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.