|

धनगढी : तीनै तहको सरकारले विश्व पर्यटन दिवस मनाइरहँदा विश्व रामसार सूचीमा रहेको घोडाघोडी तालको अवस्थाबारे कसैले चासो देखाएनन्। २००३ अगस्टमा रामसार सूचीमा सूचीकृत भएपछि घोडाघोडी ताल पछिल्लो समय पुग्दा अवस्था पुग्लै देखिएको छ।

सिमसार क्षेत्र भएकाले अनाधिकृत ढंगले सरसफाइ गर्न नपाइने हुँदा तालमा मिचाहा प्रजातिका घाँसहरू फस्टाइरहेका छन्। घोडाघोडी ताल २७२६ हेक्टर क्षेत्रफलमा घोडाघोडी ताल क्षेत्र फैलिएको छ। घोघाडोडी ताल क्षेत्रमा साना ठूला गरी  २० वटा तालहरू रहेका छन्।

अहिले ५२.५ प्रतिशत बन छ। ३ प्रतिशत विकृत वन, १.८ प्रतिशत घासेमैदान, ३४.५ प्रतिशत कृषि भूमि रहेको छ। घोडाघोडीमा २९९ प्रजातिका चराहरू रहेका छन्। ती केही संकटापन्न अवस्थामा छन्।

२९ प्रजातिका माछा , ३२ प्रजातिका  पुतली , ७ प्रजातिका घस्रेर हिँड्ने जनावर र ४५० प्रजातिका विरुवाहरू रहेका छन्। घोडाघोडी ताल मात्रै नभई सिमसार क्षेत्र हो। यहाँ ११ प्रजातिका घोंघी र  ३४ प्रजातिका स्तनधारी जनावर पाइन्छ।

विगतमा एउटा ठूलो तालको उपमा पाएको घोडाघोडी ताल पछिल्लो समय एउटा उत्तम गन्तव्यको रूपमा विकसित हुँदै गइरहेको छ। केही समययता घोडाघोडी ताल क्षेत्र जैविक चिडियाखानाको रूपमा पनि विकसित बन्दै गइरहेको छ। साइबेरीयालगायतका देशहरुबाट पनि चराहरू आउने हुँदा चराको आरक्ष बनाउने प्रयास पनि भइरहेको छ।

घोडाघोडी ताल क्षेत्रमा रहेको २९९ प्रजातिका चरामध्ये १३ प्रजातिका चरा विश्वबाटै लोप हुने अवस्थामा छन्। तीमध्ये २८ प्रजातिका चरा नेपालको  लोपोन्मुख अवस्थामा छन्। पछिल्लो समय बढिरहेको मानवीय गतिविधिले ताल क्षेत्रमा जैविक संरक्षणका लागि चुनौती बनिरहेको सरोकारवाला बताउँछन्।

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.