|

काठमाडौंः कवि तथा संचारकर्मी रुपेश श्रेष्ठको कविता संग्रह ‘घिन्ताङ घिसी ट्वाक’ सार्वजनिक भएको छ।

शुक्रबार राजधानी आयोजित विमोचन कार्यक्रममा कवि रुपेशले सोही संग्रहको ‘मैसापमो सारी’ कविता वाचान गरेका थिए। कार्यक्रममा सोही संग्रहबाट संचारकर्मी दिलभूषण पाठकले ‘गाउँ जाने बाटो’, कवि भूषिता वशिष्ठले ‘ताप्के’ र कवि बाबू त्रिपाठीले ‘नेपाल यातायात’ कविता वाचन गरेका थिए।

भक्तपुरको प्रसिद्ध धिमे बाजालाई विम्ब बनाएर कविताको शीर्षक बनाएकोमा निक्कै खुसी लागेको कवि मनु मन्जिलले बताए। रुपेशले अचम्मबाट सुरु गरेर कविताको अन्तिम हरफ हृदयको कुनामा पुर्‍याउने गरेको उनको भनाइ छ। ‘रुपेश कवितालाई उडाउन सक्छन र त्यसमा शक्ति भर्ने गर्छन्’ उनले भने, ‘उनको कवितामा समाजको यथार्थ वस्तुमा अत्यधिक चिन्ता झल्किन्छ।’

रुपेशका कवितामा साधारण मान्छेलाई नै हिरो बनाउने सुन्दर पक्षको कवि मन्जिलले प्रशंसा गरे। बुकहिल पब्लिकेशनले प्रकाशन गरेको कविता संग्रहमा ४२ वटा कविता समावेश गरिएका छन्। संग्रहको मूल्य ३ सय मूल्य तोकिएको बुकहिल पब्लिकेशनले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.