|

पर्वत : नेपाली चलचित्रको विज्ञापन कसरी गरिन्छ? थाहा भएकै कुरा हो चलचित्रको ‘ट्रेलर’ टेलिभिजन र यूट्युबमा राखेर प्रचार गरे। चलचित्रको ‘ब्यानर फोटो’ लाई फेसबुक लगायतका सामाजिक सञ्जालहरूमा राखेर सबैको नजरमा पुर्‍यार पनि प्रचार गरिन्छ। चलचित्रमा राखिएका गीतहरूमध्ये कम्तीमा एउटा गीतलाई सबैको जनजिब्रोमा झुन्डिने गरी लोकलय वा गाउँले भाषामा प्रस्तुत गरिन्छ।

यही असोज २४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘छ माया छपक्कै’ को प्रचारको लागि भने नयाँ प्रयोग गरिएको छ। चलचित्रका निर्माताले गएको तीजमा युवाहरूको माझमा लोकप्रिय बनेको कलाकार दुर्गेस थापाको गीत ‘बीच-बीचमा’ मा रिमिक्स गरेका छन्।

नयाँ प्रचार शैली अपनाइएको उक्त गीतका शब्दमा चलचित्र हेर्नका लागि सबै नेपालीलाई आह्वान गरिएको छ। कलाकारहरूलाई पनि हास्यमा जोडेर म्युजिक भिडियोलाई पनि ‘कमेडी’ धारमा जोड्ने प्रयास गरिएको छ। विज्ञापनको लागि बनाइएको गीत ‘छ माया छपक्कै, बीच बीचमा’ मा दुर्गेस थापाले स्वर भरेका छन् भने, दीपकराज गिरी, दिपाश्री निरौला, केदारप्रसाद घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट, सुमन गिरी र सुरज बलमे  अभिनय गरेका छन्।

कस्तो छ गीत र भिडियो :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.