|

चितवन : आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता भन्दै हिँडिरहेका ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाही चितवनमा कुटिएका छन्। 

चितवनको चौबिसकोठीमा गर्न लागिएको कार्यक्रममा सहभागी हुन त्यहाँस्थित ग्लोबल होटेलबाट बाहिरिने क्रममा उनीमाथि युवा विद्यार्थीले कुटपिट गरेका हुन्।  

बा ३ ख ४५ नम्बरको माइक्रोबसमा चढेर बाहिरिने क्रममा रहेका उनीमाथि कुटपिट गरिएपछि प्रहरीले उद्धार गरेर उपचारका लागि चितवन मेडिकल कलेजमा पुर्याएको छ। 

कुटपिबाट शाहीको टाउको, खुट्टा र शरीरका अन्य भागमा चोट लागेको प्रहरीले जनाएको छ । शाहीका समर्थकहरूले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थीहरुबाट कुटपिट भएको दाबी गरेका छन्। 

शाहीको टाउको चोट लागेपछि चितवन मेडिकल कलेज भरतपुरमा सिटीस्क्यान भइरहेको अस्पतालले जनाएको छ। नेकपा कार्यकर्ताले कुटपिट गर्दा अन्य दुईजना पनि घाइते भएका छन् । उनीहरुको पनि चितवन मेठिकल कलेजमै उपचार भइरहेको छ। 

नेकपा सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम बिथोलिदिएका छन्। विद्यार्थीहरूले नाराबाजी गरेपछि त्यहाँ केहीबेर तनाव भएको थियो ।

नेपागञ्जबाट संघीय राजधानी फर्किने क्रममा जहाज डिले गराएको भन्दै शाहीले पर्यटनमन्त्री योगेश भट्टराईमाथि जथाभावी गालीसहित हातपात प्रयास गरेका थिए। त्यसपछि उनको कार्यशैलीको विरोध भएको थियो।

त्यस घटनाबारे ललितपुरको पुल्चोकमा गरिएको पत्रकार सम्मेलन हलमै शाहीमाथि कुटपिट प्रयास भएको थियो। त्यहाँ पनि प्रहरीले जोगाउनु परेको थियो। त्यसपछि प्रहरीले एक रात हिरासतमा राखेर अबदेखि अभद्र व्यवहार नगर्ने शर्तमा शाहीलाई प्रहरीले रिहा गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.