|

म्याच फिक्सिङ प्रकरणलाई लिएर भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले आजीवन प्रतिबन्ध लगाएका भारतका पूर्वकप्तान मोहम्मद अजहरुद्दिन क्रिकेटमा फर्किएका छन्। गत शुक्रबार पूर्वकप्तान हैदरबाद क्रिकेट एसोसिएनको अध्यक्षमा निर्वाचित भएका हुन्।

उनले निकटतम प्रतिद्वन्द्वी प्रकाशचन्द्र जैनलाई १ सय मतान्तरले पराजित गर्दै हैदरावादको अध्यक्षमा निर्वाचित भएका हुन्। अजरुद्धिनले १७३ मत प्राप्त गर्दा जैनले ७३ मात्र प्राप्त गरेका थिए। अजहरुद्दिनले बारम्बार आफुलाई निर्दोष रहेको बताउँदै आएका थिए। तर, बिसिसिआईले उनको प्रतिबन्ध फुकुवा गरेको थिएन्।

सन् २०१२ मा आन्ध्रा प्रदेशको उच्च अदालतले बिसिसिआईको कदमलाई अबैध बतायो। त्यसलगतै सन २०१७ मा नै हैदराबाद क्रिकेट एसोसिएनको अध्यक्षमा चुनाव लडन चाहेपनि उनको मनोनयनलाई खारेज गरिएको थियो। अजहरुद्दिनले भारतका लागी ९९ टेस्ट र ३३४ वान डे म्याच खेलेका थिए। उनको नेतृत्वमा भारतले गृहमैदानमा कुनै पनि सिरिजको प्रतियोगितामा पराजय भोग्नु परेको थिएन्।

‘एक क्रिकेटरको रूपमा, उच्च स्तरमा खेलेको छु, म संघको राम्रो प्रतिनिधित्व गर्न सक्छु' आफ्नो जितपछि मिडियालाई सम्बोधन गर्दै उनले भने  ‘म यो सुनिश्चित गर्न चाहन्छु कि हैदराबाद क्रिकेट ठूलो तरिकामा फाइदा भएको छ। भारतीय टीमको कप्तान हुनु भन्दा सजिलो छ। ’

अजहरुद्दिनका लागि सबैभन्दा ठूलो चुनौतीको रूपमा पछिल्लो समय लागेको 'कलंक' मेटाउनु हुनेछ। लामो समयको जनताको नजरबाट टाढा रहेका अजहरुद्दिन विस्तारै मूलधारमा फर्किएका हुन्। उनी फेव्रुअरी २००९ मा भारतीय राष्ट्रिय कांग्रेसमा सामेल भए। सोही वर्ष उनी उत्तर प्रदेशको मुरादावादबाट संसद सदस्यको रूपमा चुनिए। संसद भएको १० वर्षपछि मात्र उनी पुनः क्रिकेटमा फर्किने अवसर पाएका हुन्।

भारतीय पूर्वअलराउन्डर मदन लालले अजहरुद्दिनको कमब्याकलाई सकारात्मक कदमको संज्ञा दिएका छन्। ‘उनी त्यो ठाउँ (हैदराबाद) को हो। अब जब एक क्रिकेटर एचसीएका अध्यक्ष बनेका छन् यसले त्यहाँ खेलको विकास गर्न मद्दत गर्दछ ’ उनले भने ‘उनी  एक धेरै राम्रो (प्रेरक) हो र खेल को ज्ञान छ। अब उनीसित प्रशासनिक शक्ति छ। मलाई लाग्छ कि क्रिकेटर अरूभन्दा कडा राम्रो प्रशासक हुन्।’

मदनलालको प्रशिक्षकत्वमा अजरुद्दिनले भारतीय टिमबाट क्रिकेट खेलेका थिए। अजहरुद्दिनको बायोग्राफीमा आधारित बनाएर टोनी डिसुजाले ‘अजहर’ नामक फिल्म बनाएका थिए। फिल्ममा अजहरुद्दिनको भूमिका इमरान हास्मीले निर्वाह गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.