|

इनरुवा : दशैँको किनमेलमा सुनसरीका भारतीय नाका भीडभाड हुने गर्दछ। बिशेष गरी पूर्वी नेपालको जोगबनी पछि धेरै सामान आउने भण्टावारी छोटी भन्सार हो। यो नाकामा चाडबाडको किनमेल पनि बढी हुन्छ।

दशैँको बेला अन्य समय भिडभाड हुने यो नाका अहिले भने ’सुस्त’ छ। दशैँको बेला पनि मान्छेको आवागमन कम हुनुमा कास्मिरी समस्याको कारण देखिएको छ। चाडपर्वमा भारतीय बजारमा चहलपहल बढ्दा भारतीयपक्षले आतंकवादीको घुसपैठ हुनेभन्दै सीमा क्षेत्रमा सुरक्षा बढाएको हो।

नेपालको बाटो हुँदै भारतीय क्षेत्रमा छिर्ने योजनामा रहेको सूचना भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले जानकारी पाएको थियो। धार्मिक भेषमा नेपालको खुल्ला बोर्डर हुँदै भारततर्फ आतंकवादीहरू छिर्ने सूचना एसएसबीले पाएसँगै सीमा क्षेत्रमा सुरक्षाको व्यवस्था कडा गरिएको छ।

अरुबेला आउँदा अलि सजिलो थियो, आज आउँदा अलि बढी नै छेकजाँच छ' भारतीय बजारमा किनमेल गर्न आएका नेपालका श्रवण चद्रबंशीले भने, ’प्लेनमा विदेश जाँदा चेक गर्ने मेशिनले पनि खानतलासी गर्‍यो।’

सुनसरीको सीमा क्षेत्रबाट प्रयोग गर्दै धार्मिक प्रचारको नाममा केही आतंकवादीहरू विहारको सुपौल जिल्ला हुँदै भारत प्रवेश गर्ने तयारीमा रहेको सूचना केन्द्र सरकारले एसएसबिलाइ जानकारी गराएको थियो।

’माथि बाटै आदेश आएपछि नाका टाइट गरिएको छ’ कोसी परियोजनाका एक इन्जिनियरले भने ’ सुनसरी र सप्तरीसँग जोडिएका प्रमुख नाकासहित खुल्ला नाकामा ठुलो सुरक्षा छ।’ भारतको विहार राज्यअन्तर्गतको सुपौल वीरपुरमा एसएसबी ४५ बी बटालियन छ। सो बटालियनअन्तर्गत ३० जनाको सुरक्षाकर्मीको क्याम्पले भण्टावारी क्षेत्रको सीमा क्षेत्र हेर्ने गर्दछ।

सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाउन एसएसबीको मुख्यालयबाटै आदेश आएको क्यामका प्रमुख क्षेत्र मोहनदेब शर्माले थाहा खबरसँग बताए। सूचनापछि एसएसवीले सुनसरी र सप्तरीको सीमाको आवतजावत गर्ने प्रमुख नाकाहरू तालिम प्राप्त कुकुर, मेटल डिटेक्टरसहित सुरक्षा तैनाथ बढाइएको छ।

नाकाबाट आवत जावत गर्ने सवारी साधनसहित सामानका पोकाहरूलाई विशेष गरेर चेक गर्ने गरेको छ। मानिसको खानतलासीसँगै कुकुर र मेटल डिटेक्टरबाट परीक्षण अनिवार्य गरेको छ।

‘दुई चार दिनदेखि एसएसबीले बोर्डरमा एकदमै कडा गरेको छ। चेकजाँचमा कुकुर, मेटल डिटेक्टर, हतियार धारी सुरक्षाकर्मीसहित ठूलो संख्यामा फौज तैनाथ गरेर सबैको सघन चेक जाँच गरिरहेको छ।’

खुल्ला सुनसान सीमामा पनि पहिलेको भन्दा पेट्रोलियम बढाएको छ। चेकजाँचमा महिला सुरक्षाकर्मीहरूको संख्या पनि बढाएको छ। पहिला महिलालाई चेकजाँचमा छुट दिने गरेको भए पनि अहिले एसएसबीले महिला सुरक्षाकर्मीकै लगाएर सुरक्षा व्यवस्था चुस्त पारेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.